जब रुपन्देहीवासीले दिनेश त्रिपाठीलाई भनेः तपाईंलाई नजिताएर गल्ती गरिएछ
![](https://nepalipen.com/wp-content/uploads/2025/02/dinesh-tripathi.jpg)
काठमाडौं, २७ माघ । दोस्रो संविधानसभाको निर्वाचन २०७० मा रुपन्देहीबाट उम्मेदवार थिए दिनेश त्रिपाठी । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनी घर घर पुगेर मत मागे । तर, उम्मेदवारमा उनी निकै कम मत ल्याएर पराजित भए ।
त्रिपाठी वकालतमा नै सक्रिय भए । पछि वरिष्ठ अधिवक्ता भए । न्यायका लागि अहोरात्र खटिएका उनी रवि लामिछानेका विश्वासपात्रहरुबाट काठमाडौं जिल्ला अदालत परिसरमा कुटिए । यसले उनलाई चर्चाको शिखरमा पुर्यायो ।
त्रिपाठी बहसका क्रममा यसै महिना रुपन्देही पुगेका थिए । जहाँ उनलाई स्थानीयवासी र बुद्धिजीवीको उल्लेख्य संख्या भेट्न आएका थिए । उनीहरुले त्रिपाठीलाई विगतमा चिन्न नसकेकोमा दुःख व्यक्त गरे ।
कतिपयले त चुनाव नजिताएर ठूलो गल्ती गरेको समेत भने । त्रिपाठीले उनीहरुलाई सम्झाउँदै सबै समयले चिनाउने र बुझाउने बताए । आफू अन्यायविरुद्ध लड्दै आएको र लडिरहने भन्दै रुपन्देहीवासीको आशिर्वाद सधै रहेकोमा खुशी व्यक्त गरे ।
त्रिपाठीले विगतमा रवि लामिछानेलाई अन्याय परेको भन्दै बहस गरेका थिए । अहिले सहकारी ठगी प्रकरणमा रविले अन्याय गरेको सप्रमाण अदालतमा प्रस्तुत भइरहेका छन् ।