२१ माघ २०८१, सोमबार | February 3, 2025

युएसएआइडी खारेज गर्ने मस्कको घोषणा


February 3, 2025
3.2k
Shares

एजेन्सी, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएसएआइडी खारेज गर्ने तयारी गरेका छन् । ट्रम्पको टिमका इओन मस्कले एक्समा लेख्दै युएसआइडीका अधिकारीहरुले आफ्नो भ्रष्टाचार छोप्न खोजेको भन्दै यसको अन्तको समय आएको भनेका छन् । योसँगै मस्कबाट युएसएआइडी खारेज गर्ने घोषणा सार्वजनिक भएको छ ।

मस्कले युएसएआइडीका अधिकारीहरुले भ्रष्टाचार छोप्न खोजेको आरोप लगाउँदै लेखेका छन्, ‘युएसएआइडी आपराधिक संस्था हो । अब यसको अन्तको समय आएको छ ।’ उनले मिडियासम्बद्ध संस्थामा प्रोपोगान्डा प्रकाशित गर्न युएसएआइडीले पैसा खर्च गरेको समेत लेखेका छन् ।

युएसएआइडीको रकम हिनामिनाको छानविनका लागि ट्रम्पले कडा कदम चालेका छन् । उक्त संस्थाका दुईजना वरिष्ठ सुरक्षा अधिकारीलाई बिदामा राखिएको छ । उनीहरुले इलन मस्कले जिम्मेवारी सम्हालेको गभर्मेन्ट इफिसियन्सी मन्त्रालयको अडिटलाई रोक्न खोजेका थिए । उनीहरुले आवश्यक तथ्यांक दिन मानेका थिएनन् । मस्कले उनीहरुले भ्रष्टाचार लुकाउन खोजेको आरोप समेत लगाए ।

ह्वाइट हाउसले युएसएआइडीलाई विदेश मन्त्रालयमा गाभ्ने गरी तयारी थालेको छ । यसबीच उक्त संस्थाको वेवसाइट नै नखोल्ने बनाइयो । युएसएआइडी बन्द भएमा सँसारभर अरबौं डलरको सहयोग रोकिनेछ । त्यहाँ कार्यरत कर्मचारी पनि बेरोजगार हुनेछन् ।

नेपालमा युएसएआइडीले अरबौं सहयोग गर्दै आएको छ । उक्त संस्थासँग अनुदान लिएर सयौं गैरसरकारी संस्था चल्दै आएका छन् । हजारौंले रोजगारी पाइआएकोमा रोजगारी खोसिनेछ ।

प्रतिक्रिया