२० माघ २०८१, आइतबार | February 2, 2025

ब्याजदर ह्वात्तै घट्यो


February 2, 2025
913
Shares

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा ब्याजदर घटेको उल्लेख गरिएको छ । आइतबार चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकको रिपोर्टमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको छ ।

गत वर्षको पौषमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत थियो । विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।

औसतमा झण्डै ३ प्रतिशतले गत वर्षको तुलनामा ब्याजदर घटेको रिपोर्टमा देखिएको छ ।

प्रतिक्रिया