गायिका एलिनाको विवाह टुट्न लागेपछि जन्मिएको प्रश्न

काठमाडौं, १९ माघ । वैशाखमा धुमधाम विवाह गर्दा गायिका एलिना चौहान झन् लोकप्रीय बनिन् । दुलाहा थिए अष्ट्रेलिया बस्दै आएका विष्णु सापकोटा । लामो प्रेम सम्बन्धपछि विवाहमा बाँधिएकी एलिना दशैंमा नेपला फर्किइन् ।
एलिनाको सम्बन्ध विच्छेद हुनलागेको खुलासा हुन थाले । उनले शुक्रबार पति सापकोटाविरुद्ध मुद्दा दायर गरिन् सम्बन्ध बिच्छेदको ।
एलिना मात्र होइन केही वर्ष अघि वर्षा शिवाकोटीको पनि विवाह टिकेन । उनी विदेशमा रहेका युवकसँग विवाह गरेकोमा बिच्छेद गरी फर्किइन् ।
धेरै सेलिब्रिटीको सम्बन्ध टिक्न छाडेको छ । उनीहरुका लागि विवाह गर्ने र टुट्ने नै सामान्य हुन थालेको छ ।
पूर्व मिस नेपाल उषा खड्गी, माल्भिका सुब्बाको पनि सम्बन्ध बिच्छेद भइसकेको छ । दुवैको बच्चा पनि छन् ।