महाकुम्भ मेलामा दिउँसै आगलागि,कति भयो क्षति ?
एजेन्सी,१७ माघ । प्रयागराज महाकुम्भ मेलामा भागदौड भएको एक दिनपछि बिहीबार आगलागी भएको छ । आगलागिबाट मेला क्षेत्रको सेक्टर–२२ मा धेरै पण्डालहरू जलेका छन् । केही बेरको आगलागिपछि दमकल घटनास्थलमा पुग्यो र आगो नियन्त्रणमा लिएको हो ।
सुखद कुरा के थियो भने आगलागी भएको ठाउँमा कोही पनि सर्वसाधारण थिएनन्, त्यसैले कुनै पनि मानवीय क्षति भने भएन। वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। तर, आगलागी हुनुको कारण के थियो भन्ने कुरा थाहा छैन । आगलागिपछि सो स्थान अझै सफा गरिएको छैन।
टेन्टमा आगलागी भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी पुग्दासम्म १५ वटा पालमा आगो लागेको थियो। जसलाई नियन्त्रणमा ल्याइएको थियो। आगलागी भएको ठाउँ पहुँच मार्गमा थिएन। त्यसैले, टोली पुग्न अलि ढिलो भयो। अहिले स्थिति नियन्त्रणमा छ।