अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय
काठमाडौं,१७ माघ । सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन् । बिहीवार बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको बताए ।
सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ–उनले भने ।