१५ माघ २०८१, मंगलबार | January 28, 2025

प्रदीप खड्काको फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध मुद्दा,हुबहु चोरेको आरोप


January 27, 2025
415
Shares

काठमाडौं,१४ माघ । पछिल्लो समयका चर्चित अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध रिट दायर भएको छ । आगामी माघ १६ देखि प्रदर्शन हुने फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै फिल्मविरुद्ध रिट दायर भएको हो।

गत ४ माघमा प्रदर्शन भएको अर्काे फिल्म ‘एक्टर’का निर्माता मनोहरि थापाले खड्का अभिनीत फिल्म ‘एक्टर’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्।

यसअघि प्रदर्शन भएको फिल्म एक्टरको हुबहु मिल्ने इजाजत चलचित्र विकास बोर्डले अर्को नयाँ फिल्मलाई पनि दिइएको रिट निवेदमा उल्लेख छ। यसअघि चलचित्र विकास बोर्डले भने दुई अलग फिल्म रहेको भन्दै इजाजत दिएको थियो ।

प्रतिक्रिया