रवि जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पुगे
काठमाडौं,१४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।
कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध रविले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिन लागेको बुझिएको छ ।
साधारण तारेखमा बसी मुद्दा लड्न पाउनुपर्ने लामिछानेको माग छ ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको थियो ।