कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै,प्रतिनिधिसभामा सबै अध्यादेश पेस हुने
काठमाडौं,१४ माघ। माघ १८ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा सबै अध्यादेश पेश गर्ने सहमति भएको छ ।
सभामुख देवराज घिमिरेले ठुला दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको हो ।
१८ गते पेस भएका अध्यादेश २२ गते बस्ने बैठकमा प्रतिनिधि सभामा निर्णयार्थ पेस हुनेछन्।