१४ माघ २०८१, सोमबार | January 27, 2025

रास्वपाका कार्यकर्तामा राजनैतिक र सामाजिक चेतना छैन् : नेता गुरुङ्ग


January 27, 2025
18.5k
Shares

काठमाडौं,१४ माघ । नेपाली कांग्रेसको भातृ संगठन तरणदलका केन्द्रीय सदस्य संजिव गुरुङ्गले कानुनले दोषी देखाएर धरौटी मागेपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई कार्यकर्ताले निर्दोष भनिरहेको देख्दा आश्चर्यमा परेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत युवा नेता गुरुङ्गले अदालतले कानुनी प्रक्रियामा रहेर धरौटी मागेपछि पनि निर्दोष ठान्ने कार्यकर्तामा राजनीतिक र सामानिक चेतना नभएको टिप्पणी गरेका हुन् ।

“आज हामी कुन दुनियाँमा छौं ।यो नै अचम्मको विषय हो । कुनै व्यक्ति ठगी प्रकरणमा समातिन्छ । अदालतले कानुनी प्रक्रियाअन्तर्गत धरौटीमा रिहा गर्छ र चलेको केस यथावत छ भन्दै गर्दा पनि आज समाजका नयाँ पुस्ता भनिएकाहरू त्यहीँ झुन्डिएका छन्।अचम्म लाग्दो विषय यही छ ।”,उनले लेखेका छन्, “कानुनले दोषी देखाएको छ तर हामी सफल भयौं भन्दै समाजमा कुदेका छौं । यो देशको नीति यो देशको कानुन आज समाजमा देखिएका पुस्तामा राजनैतिक चेतना र कुनै सामाजिक चेतना नभएको यहीँबाट प्रष्ट हुन्छ ।”

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

६ माघमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उनीहरुबाट ५५ करोड ५९ लाख र लामिछाने छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो ।

यसअघि पोखराको सुर्यदर्शन सहकारी ठगी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पनि लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएको छ । तर, लामिछानेले कसुर नगरेको विश्वास गर्ने मानसिव आधार नदेखिएको भन्दै धरौटी माग गरिएको आदेशमा उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँग सोमबार अहिलेसम्मकै धेरै धरौटी माग गरिएको हो । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

लामिछानेसहित उनको टोलीले देशका विभिन्न स्थानमा सहकारी ठगीमा संलग्न रहेको विषय उठिरहेको छ । अब उनीविरुद्ध अर्को स्थानमा पनि मुद्दा दायर हुने सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया