२९ माघ २०८१, मंगलबार | February 11, 2025

जनजाति कल्याण आश्रमले सेवा गर्छ मेवाको आशा राख्दैनः डा. चन्द्रकुमार शेर्मा


January 25, 2025
3.4k
Shares

काठमाडौं, १२ माघ । जनजाति कल्याण आश्रम,नेपालको राष्ट्रिय योजना बैठक बसेको छ । काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा प्रमुख अतिथि किरात मुन्धुमविद डा। चन्द्र कुमार शेर्माले उद्घाटन गर्नुभएको बैठक शनिबार सकिएको छ ।

कल्याण आश्रमका केन्द्रिय उपाध्यक्ष प्रमोद कुमार चौधरीको अध्यक्षतामा संचालित उक्त त्रिदिवसीय कार्यक्रम आवासियरुपमा माघ १० गते देखि १२ गते मध्यान्ह सम्म चलेको हो ।

उक्त बैठकको उद्घाटन सत्रमा भारतबाट विशेषरुपमा आमन्त्रित अतिथि अखिल भारतिय वनवासी कल्याण आश्रमका संगठन मन्त्री अतुल जोगले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि कल्याण आश्रमका केन्द्रिय उपाध्यक्ष कमल राजबंशी,जनजाति कल्याण आश्रम, नेपालका माहासचिव प्रेम थुलुङ्ग राई लगायते मन्तव्य राख्नु भएको थियो ।

शेर्माले जनजाति कल्याण आश्रमले सेवा गर्ने तर मेवाको आशा नराख्ने गरेकोमा प्रशंशा गर्नुभयो । उहाँले भन्नुभयो, ‘विशुद्ध सेवा गर्छ।तेसैले, म आश्रमप्रति प्रभावित छु।’

सातै प्रदेशबाट दायित्वधारी कार्यकर्ता र केही नवीन कार्यकर्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाको वार्षिक कार्ययोजना बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भए । कल्याण आश्रमले विगत २२ वर्षदेखि दूर(दराजका जनजाति क्षेत्रमा शिक्षाबाट वन्चित बालबालिकाहरुको लागि निस्शुक्क रुपमा छात्रावास संचालन गर्दै आईरहेको छ।

‘शुद्ध सामाजिक सेवाको भावना भएका सामाजिक व्यक्तिहरुको सहयोगको माध्यमबाट विविध कार्यहरु संचालन भाइरहेको छ,’ संस्थाका माहासचिव राईले बताउनुभयो । कल्याण आश्रमले देशभरी शिक्षा,स्वास्थ, संस्कार तथा स्वावलम्बनका माध्यमबाट जनजाति समाजको चौतर्फी विकासका निम्ति देशका विभिन्न क्षेत्रमा कार्यहरु गर्दै आइरहेको छ।

बैठकमा गत वर्ष सम्पन्न भएका कार्ययोजना तथा आगामी दिनहरुमा हुने कार्यक्रमहरुको बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।

प्रतिक्रिया