१० माघ २०८१, बिहिबार | January 24, 2025

दिनेश त्रिपाठीविरुद्ध न्यायाधीश टेकनारायण कुँवरको हस्ताक्षरमा विज्ञप्ति किन


January 23, 2025
1.7k
Shares

काठमाडौं, १० माघ । पीडितको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी यतिबेला चर्चामा छन् । उनीमाथि रवि लामिछाने पक्षधरले अदालतबाट निस्कदै गर्दा आक्रमण गरेका थिए । त्रिपाठीले नेपालमा ऐतिहासिक फैसलाहरु गराउने मुद्दाहरु दायर मात्र गरेनन् बहस समेत गरेको तथ्यहरु धमाधम बाहिर आइरहेका छन् ।

हक्की स्वभावका त्रिपाठीले न्यायाधीशहरुको विवादास्पद फैसलाविरुद्ध पनि बोल्दै आएका छन् । न्यायालयमा हुने गरेका भ्रष्टाचारको त खुलेर विरोध गर्छन् उनी । पछिल्लो समय उनले लामिछानेको मुद्दामा धरौटीमा रिहा गर्ने आदेशको खुलेर विरोध गरे । यस्तो आदेश दिने न्यायाधीशले बदनियतपूर्ण कार्य गरेको बोले । यसले तरंग नै ल्यायो ।

न्यायाधीश समाजका महासचिव टेकनारायण कुँवरले १० माघमा हस्ताक्षर गरी त्रिपाठीको अभिव्यक्तिप्रति खेत व्यक्त गरेको उल्लेख गरेका छन् । कुँवर विशेष अदालतमा अध्यक्ष हुन् । उनीमाथि भ्रष्टाचारको मुद्दामा धमाधम सफाई दिएर विवादास्पद फैसलाहरु सुनाएको आरोप छ ।

कुँवरले गरेका कतिपय फैसलाबारे नेपाली पेनले समेत समाचार प्रकाशित गर्दै आएको छ । कुँवरमाथि भ्रष्टाचारीलाई चोख्याउने किर्तिमान नै कायम गरेको भन्ने गरिएको छ । उनैले हस्ताक्षर गरेर त्रिपाठीको आलोचना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया