पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको मूल आधार : मन्त्री पाण्डे
काठमाडौं,९ माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकले मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशीप्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन दशकले नेपाललाई ठूलो लाभ प्राप्त हुने बताउनु भएको हो।
मन्त्री पाण्डेले भन्नुभयो,सन् २०२२ देखि सुरू हुने भनिएको पर्यटक दशक कोभिड(१९का कारण अघि बढ्न सकेन्। सन २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउँदै छौं।
र अहिले कार्ययोजना बनिरहेको छ । उहाँले थप्दै भन्नुभयो,कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै छ। त्यसका लागि यो मन्त्रालय फोकल मन्त्रालय भए पनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठुलो योगदान रहने छ । यसले पर्यटन दशकलाई समेत ठूलो योगदान गर्ने छ ।
उहाँले पर्यटन दशक मनाउने काम निकै महत्वकांक्षी रहेको उल्लेख गर्दै पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री पाण्डेले पर्यटन दशकले विदेशमा रहेकालाई समेत स्वदेशमै लगानी गरौं, यहिँ केही गरौं भन्ने वातावरण सिर्जना हुने बताउनु भयो । मन्त्री पाण्डेले पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको मूल आधार रहेको बताउँदै अथितिदेवो भवः को मुलमन्त्रलाई आत्मसाथ गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।