८ माघ २०८१, मंगलबार | January 21, 2025

रविसहित ७ जनालाई धरौटीमा छाड्नुको कारण पेश गर्न उच्च अदालतको जिल्ला अदालतलाई आदेश


January 21, 2025
830
Shares

पोखरा,८ माघ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न उच्च अदालत पोखराले जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो ।

सरकारी वकिल कार्यालय कास्कीले पनि जिल्ला अदालतको आदेश बदर गरी लामिछानेलगायत सातै जनालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेर निवेदन दिएको छ ।

प्रतिक्रिया