कृषि विकास बैंकको खुद नाफा ९५ करोड

काठमाडौँ,७ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस्तो नाफामा २९ प्रतिशतले गिरावट आएको छ ।
बैंकको लोन लस प्रोभिजन पहिले १ अर्ब ९ करोड रुपैयाँ रहेकोमा अहिले ८५ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४।९ प्रतिशत छ । जुन पहिले ३।०२ प्रतिशत थियो ।