४ माघ २०८१, शुक्रबार | January 18, 2025

नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न मन्त्री पाण्डेको आग्रह


January 17, 2025
83
Shares

काठमाडौं, माघ ४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ । शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गर्नुभएको हो ।

मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, नेपाल र ईयूबीच सन् करीब पाँच दशक अघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं । उहाँले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो ।

राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिनु भयो । उहाँले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताउनु भयो । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोच का साथ हेरिरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया