वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि किन भयो आक्रमण

काठमाडौं, २ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण भएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेका हुन् । प्रहरीले आक्रमणकारीमध्ये एकजनालाई पक्राउ गरिसकेको छ ।
त्रिपाठी रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षमा वकालत गर्दै आएका छन् । बुधबार पनि उनले सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।
त्रिपाठी खरो स्वभावका छन् । तर्कसंगत रुपमा पीडितका पक्षमा बोल्दै आएका उनले लामिछाने दोषी भएको जिकिर गर्दै आएका छन् ।
पीडितको पक्षमा निःशुल्क बहस गर्ने भएकाले त्रिपाठी लोकप्रीय छन् । उनले केपि ओलीले संसद विघटन गर्दा मुद्दा हालेर ओलिलाई सत्ताच्युत गराउन सके । भट्टीमा जिउदै मान्छे पोल्ने अफताब आलम विरुद्ध बहस गरेर जेल पठाउन सफल भए । मानव तस्करमा टेकनाथ रिजाल, टोप बहादुर रायमाझी र बालकृष्ण खाँण विरुद्ध बहस गरेर जेल पठाए । उनी कसैसँग डराएनन् । । सहकारी ठग्नेले पालेका गुण्डाहरुको भीडको बीचबाट छाति फुलाएर हिंड्ने साहस गरे ।