२ माघ २०८१, बुधबार | January 15, 2025

जलवायु परिवर्तनले हिमालहरू काला देखिन थाले,अस्तित्व जोगाउन नसके प्रश्न उठ्न सक्छः मन्त्री पाण्डे


January 15, 2025
166
Shares

काठमाडौं, २ पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताउनु भएको छ।

एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गर्नु भएको हो। मन्त्री पाण्डेले भन्नुभयो,जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन्। हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ। उहाँले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनु पर्ने बताउनु भयो। उहाँले हिमाललाई हिमालकै रूपमा रहन दिने गरि विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनु पर्ने बताउनुभयो। साथै उहाँले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अथितिदेवो भवको मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गर्नुभयो।

अवार्ड कार्यक्रमम १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया