३१ भाद्र २०८२, मंगलबार | September 16, 2025

वर्ल्ड हिन्दु फेडेरेसनबाट नेपाली सम्मानित


January 15, 2025
1.3k
Shares

काठमाडौं,२ पुस । वर्ल्ड हिन्दु फेडेरेसन (ग्लोवल हिन्दु एड्भोकेसी) को जनवरी ३ देखि ५ सम्म भारतको नयाँ दिल्लीमा आयोजना गरिएको वर्ल्ड हिन्दु कन्फरेसन्समा नेपालमा सामाजिक सेवामा योगदान पुर्याएका ई. शालीग्राम सिँहलाई हिन्दु रत्न अवार्ड बाट सम्मान गरिएको छ ।

विश्वमा विभिन्न सामाजिक सेवामूलक क्षेत्रमा सक्रीय भई निस्वार्थ सेवा भावले समाजमा शिक्षा स्वास्थ्य, सामाजिक चेतना, जनजागरण, सामाजिक सद्भाव, सांस्कृतिक धार्मिक क्षेत्रको प्रवर्तनमा योगदान पुर्याउने अभियन्ताहरुलाई वितरण गर्दै आएको अवार्डबाट नेपालमा पतंजलि योगपीठ नेपाल संस्थाको संचालकको रुपमा रही नेपालमा विभिन्न सेवा मूलक कार्यहरु गरेको, योग आयुर्वेदका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, नेपालमा विभिन्न प्राकृतिक विपत्तिहरुमा अग्रपक्तिंमा रही कार्य गरे वापत यसका संचालक ई.शालीग्राम सिँहलाई यो अवार्ड प्रदान गरिएको छ । सिँह संगसगैं यो अवार्ड पाउनेमा नेपालका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पनि रहेका छन् ।

अवार्ड ग्रहण गरे पश्चात् सिँहले संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सदैव नेपाली समाजका हितका निम्ति समर्पित भई कार्य गरेको परिणाम भएको र यो अवार्ड सम्पूर्ण नेपाली दाजुभाई दिदि वहिनीहरुको सद्भाव, सहयोग, मित्रता र आपसी सहकार्यको परिणाम भएकोले सवै नेपालीमा समर्पण गर्न चाहेका वताएका छन् ।

साथै यस अवार्डले मलाई सामाजिक सेवाका कार्यहरु गर्नमा अझ धेरै उत्प्रेणा मिलेकोले आगामी दिनमा सामाजिक कार्यमा उच्च मनोवलका साथ लाग्ने वताएका छन् ।

प्रतिक्रिया