ओलीलाई सांसद किरण साहको हारगुहार, सुरक्षा खतरा देखेर प्रशासनले अनुमति नदिएको मुस्लिम सम्मेलन यसरी स्वीकृति दिलाए
काठमाडौं, २ माघ । रौतहटमा प्रशासनले रद्द गराएको मुस्लिम सम्मेलन स्वीकृत दिलाउन सांसद किरण साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनका आसेपासेसम्म पुगेर हारगुहार गरेका छन् । उनी ओली देखि उनका निकटस्थ समेतलाई भेटेर सम्मेलन स्वीकृती दिलाउन सफल भएका छन् । सुरक्षा थ्रेटलाई मध्यनजर गरेर प्रशासनले सम्मेलनमा रोक लगाएको थियो ।
विगतमा पनि मुस्लिम सम्मेलन गराउने र नेपालबाहिरबाट गैरकानूनी व्यक्तिहरुलाई यतै बसाउने सम्मको गतिविधिको सूचना पाएर प्रशासन सतर्क बनेको थियो । यसै पनि देशको तराई क्षेत्रमा मुसलमान आप्रवासीको संख्या ह्वात्तै बढेको तथ्यहरु खुलिरहेका छन् । तर, सत्तामा रहेका र तराई मधेशका नाममा राजनीति गर्नेहरुले नै भोटको राजनीति गरेर सुरक्षा चुनौती बढाइदिने गतिविधि गरिरहेका छन् । त्यसमा किरण साह पनि पर्छन् ।
सांसद साहले आफूलाई हिन्दुवादी देखाउँछन् । तर, उनको भूमिका शंकास्पद देखिएको छ । साहकै योजनामा मुस्लिम समुदायका अगुवाहरू सक्रिय भए । उनीहरुले किरण शाहसँग भेटेर प्रशासनले अनुमति नदिएको मुस्लिम सम्मेलनलाई पुन स्विकृति दिलाउन भने । सांसद किरण शाहले प्रधानमन्त्री केपी ओलीसँग भेटेर सुरक्षाकर्मीले रोक लगाएको मुस्लिम समुदायको सम्मेलन लाई पुन स्वीकृति दिलाउन सफल भएका छन् ।
केही दिन अगाडि सांसद किरण शाहले रौतहट जिल्लाको गाउँ गाउँमा गएर मुस्लिमका लागि मदरसाको स्थापना गरेर उद्घाटन गर्दै गरे । मदरसा विधयेकका लागि जबरजस्त तरिकाले लबिङ अहिले पनि गरिरहेका छन्।
देशमा अस्वाभाविक रुपमा मदरसाको संख्या बढिरहेका छन् । यसमा ठूलै रणनीतिक योजना लुकेको खुल्दै आएको छ । पछिल्लो समयमा तराईका भूभागमा धार्मिक द्धन्द्ध बढिरहेको छ । विगतमा पहाडे भगाउने गतिविधि गरेकाहरु अहिले मुसलमानको आक्रामक रणनीति र योजनाका कारण पेलाईमा पर्न थालेका छन् । यसले थप समस्या बढाउन थालेको छ ।