१२ फाल्गुन २०८१, सोमबार | February 24, 2025

कुकुरलाई रेविज विरुद्धको खोप लगाउन वडाबासीलाई काठमाडौं-१४ को आग्रह


January 12, 2025
1.6k
Shares

काठमाडौं,२८ पुस । सडकमा रहेका छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउन काठमाडौं महानगरपालिका १४ नं वडा कार्यालयले आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका र स्नेहाज केयर संस्थाको समन्वयमा सडकमा रहेका छाडा कुकुरहरुका लागि रेविज विरुद्धको खोप कार्यक्रम संचालन भइरहेको जानकारी दिंदै सम्पुर्ण वडाबासीलाई खोप लगाउने कार्यमा सहयोग पुराइदिन वडाध्यक्ष सुमन श्रेष्ठले आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिका र स्नेहाज केयर संस्थाको समन्वयमा सामुदायिक (सडकमा रहेका छाडा कुकुरहरुका लागि रेविज विरुद्धको खोप कार्यक्रम संचालन हुने भएकोले आ–आफ्नो टोल, छिमेकमा रहेका छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउन आवश्यक समन्वय तथा सहयोग पुरÞ्याइदिनुहुन अनुरोध गरिन्छ ।’–वडाध्यक्ष श्रेष्ठद्धारा जारी सूचनामा लेखिएको छ ।

प्रतिक्रिया