२८ पुस २०८१, आइतबार | January 12, 2025

गुनासो संकलन गदै नेपाल भ्यालुयर्स एसोसिएशन


January 12, 2025
2.8k
Shares

काठमाडौं,२८ पुस । मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले आफ्ना सदस्यहरुलाई परेको समस्या र गुनासोहरु टिपाउन आग्रह गरेको छ । संस्थाले आफ्ना सदस्यहरुका पिरमर्का,समस्या र गुनासोहरु दर्ता संकलन गर्न दुई कर्मचारीलाई जिम्मेवारी दिएको हो ।

महासचिव ई.अशोक सिलवालद्धारा जारी विज्ञप्तीमा समस्या र गुनासो दर्ता संकलनको लागि शंखलाल स्याङ्तान र युवराज श्रेष्ठलाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

सदस्यहरुको पीर मर्का र विविध समस्या समाधानका लागि स्थापित भएको एनभिएको उद्देश्य अनुरुप आफ्ना सदस्यहरुलाई परेको समस्या समाधानमा दृढ भई अघि बढेको पनि विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

पछिल्ला दिनमा कतिपय सदस्यहरुले आफुलाई परेको समस्या र गुनासोहरु संस्थालाई जानकारी नगराउँदा समस्याको गहिराई अझ बढेको र समाधानमा जटिलता थपिएको पनि एनभिएले जनाएको छ ।

प्रतिक्रिया