‘जर्ज सोरस सँसारको स्थिरताको लागि खतरा’
एजेन्सी, २७ पौष । विश्वभर ओपन सोसाइटीका नाममा मिडिया र राजनीतिक शक्तिमा लगानी गर्दै आएका अर्बपति जर्ज सोरसबारे सनसनीपूर्ण खुलासाहरु हुन थालेका छन् । उनले सँसारभर अस्थिरता मच्चाएको विषय उठिरहँदा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि सोरसलाई विश्वको राजनीतिक स्थिरताका लागि ठूलो खतरा भनेकी छिन् ।
बिहिबार रोममा पत्रकार सम्मेलनमा बोल्दै मेलोनीले जर्ज सोरस जस्ता धनाढ्यले आफ्नो नीति लागू गराउन र प्रभाव बढाउन विश्वभर राजनीतिक दल र संघसंस्थामा आर्थिक लगानी गरिरहेको बताइन् । उनले इलोन मस्क लोकतन्त्रका लागि खतरा नभएको तर सोरस ठूलो खतरा रहेको समेत बताइन् ।
सोरसबारे भारतको सत्तारुढ भारतीय जनता पार्टीले कडा टिप्पणी गरिरहेको छ । सोरसले मिडिया र वामपन्थी समूहमा लगानी गरेको विवरण सार्वजनिक गरेको थियो । चीनमा पनि सोरसप्रति कडा नीति लिइएको छ ।
सोरसले नेपालमा पनि मिडिया र वामपन्थी विचारधाराका संस्थामा लगानी गरेको खुलिसकेको छ । धर्मनीरपेक्षको पक्षमा महोल तयार गर्न सोरसको ओपन सोसाइटीमार्फत् ठूलो धनराशी खर्च भएको थियो ।
हँगेरीमा जन्मिएर अमेरिकामा केन्द्र बनाएर सक्रिय सोरस र उनको संस्थाले मिडिया र राजनीतिक शक्तिमा लगानी गरेर आफ्नो प्रभाव विभिन्न देशमा बनाउँदै आएको छ ।