विश्व हिन्दी दिवस मनाइयो

काठमाडौं, २६ पौष । विश्व हिन्दी दिवस नेपालमा पनि मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले हिन्दी दिवसमा विविध कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार दूतावासमा सांसद मंगलप्रसाद गुप्ता उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा दूतावासको राजनीतिक काउन्सल गीताञ्जली ब्राडनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दी दिवसको शुभकामना पढेकी थिइन् । उनले नेपालका हिन्दी भाषी विद्धानहरुलाई यसको विकासमा गरेको योगदानका लागि धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा भारत-नेपाल मैत्री कवि सम्मेलन पनि भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारले कला प्रस्तुत गरेका थिए ।