१९ पुस २०८१, शुक्रबार | January 3, 2025

डिजिटल मार्केटिङलाई जोड दिन मन्त्री पाण्डेको निर्देशन


December 31, 2024
415
Shares

काठमाडौं, १६ पुस । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नु भएको छ। २६ औं नेपाल टुरिजम बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मंगलबार मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नुभयो,सन्,१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन्। सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनु भयो। उहाँले नेपाल पर्यटन पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताउनु भयो । उहाँले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी ९पीपीपी० को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिनुभयो ।

“ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश हो । यही विविधता बिचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो । नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तरराष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।” उहाँले भन्नु भयो ।

प्रतिक्रिया