आफूसहित काँग्रेस नेताहरु जेल हालिने भएपछि ओलीसँग मिलेको आरजुको खुलासा
काठमाडौं, १२ पौष । यसपटक परराष्ट्र मन्त्री डा. आरजु राणाको भारत भ्रमण फलदायी भएन । कुनैपनि भारतीय उच्च अधिकारी र सत्तारुढ दलको नेतासँग भेट्न नपाएपछि उनले काठमाडौं आएर आफू उपचार र एउटा सेमिनारका लागि मात्र गएको दाबी गरिरहेकी छिन् । उपचार र सेमिनार त उनको बहानाबाजी मात्र थियो । वास्तवमा आरजुले कुनैपनि भेट नपाएपछि निकै कसरतपछि राम माधवसँग भेटिन् । भाजपाका पूर्व विदेश विभाग प्रमुख उनी अहिले सत्तानिकट शक्तिबाट टाढा बनाइएका छन् ।
आरजुले इण्डिया फाउन्डेशनको कार्यालयमा भएको अनौपचारिक अन्तर्क्रियामा नेपालले बीआरआईमा हस्ताक्षर गर्यो भनेर गलत भास्य बनाइएको तर्क गरिन् । उनले यसमा कुनै पनि नयाँ सम्झौता गरेको नभई सन् २०१७ मा माओवादी र कांग्रेसको सरकार भएको बेला तत्कालीन अर्थमन्त्री प्रकाश शरण महतले हतार हतारमा गरेको समझदारीमा केही सुधार गरेर त्यसलाई नवीकरण मात्रै गरेको बताइन् ।
यस पालि आफूहले ठूलो बाध्यतामा बीआरआईमा हस्ताक्षर गरेको बताइन् । उक्त अन्तक्रियामा सहभागीले आरजुको भनाई उदृत गर्दै भने, ‘हामीले त्यसो नगरेको भए ओलीले माओवादीसँग मिलेर गर्ने थिए । यस्तो अवस्थामा गठबन्धन बचाउनु र सरकार बचाउनु जरुरी थियो ।’
बीआरआईमा हस्ताक्षर गर्न नमानेको भए चीनले पनि भ्रमणलाई महत्व दिने थिएन भन्दै प्रधानमन्त्री ओली पनि चीन जाने थिएनन् भन्ने उनको तर्क थियो । चिनियाँ राजदुतले बीआरआईमा हस्ताक्षर नगरे राष्ट्रपति सी जिनपिङ संगको भेट नहुन सक्ने संकेत दिएको समेत उल्लेख गरिन् । ओली पनि बीआरआईमा हस्ताक्षर नगरे किन चीन जाने भनेर अडान कसे पछि कांग्रेसले वाध्यतामा सहमति जनाएको उनको भनाई थियो ।
बीआरआई ऋण नभई अनुदान मात्रै लिएको उनको दाबी थियो । उनले भनिन्, ‘हामीले ऋण नलिने तर अनुदान लिन सक्ने भनेर पार्टी बाटै निर्णय गराएका हुनाले यो गरियो।’
बीआरआईमा विभिन्न परियोजनामा छुट्टाछुट्टै सम्झौता हुने र त्यसबेला अनुदानका परियोजनालाई मात्रै स्वीकृति दिने र ऋणका परियोजनालाई स्वीकृति नदिन सक्ने उनको तर्क थियो । त्यो नेपालले गर्ने निर्णय भन्दै परराष्ट्र मन्त्रालय, कानून मन्त्रालय कांग्रेस सँगै भएकोले आफूहरुले स्वीकृति नदिए पछि अघि बढ्ने सम्भावना नभएको बताइन् ।
कांग्रेस अहिले चौतर्फी आक्रमणमा परेको र कांग्रेस सरकारबाट बाहिर गएको भए धेरै घाटा हुने थियो भनिन् । कम्युनिष्ट मिल्यो भने देशको लोकतन्त्र नै धरापमा पर्ने अवस्था आउने थियो भन्दै यो गठबन्धन बचाउन र सरकार बचाउन र पार्टीलाई सत्ताबाट बाहिर नजान दिने बाध्यतामा यो निर्माणमा सहमति गरिएको तर्क गरिन् ।
आरजुले अनौपचारिक छलफलमा भनिन्, ‘हामी सरकारबाट बाहिर निस्केको भए म र कांग्रेसका धेरै नेता, सांसदलाई कुनै न कुनै झुठो केसमा फसाएर मुद्दा चल्ने थियो । हाम्रो अस्तित्व बचाउनको लागि पनि यो गर्न आवश्यक थियो।’
अहिले जे भयो त्योभन्दा माथि केही हुनेवाला छैन भन्दै आफूहरु कुनै परियोजनालाई अघि नबढाउने रएमालेले एकलौटी गरे रोक्ने बताइन् ।
उनले जसरी पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन माहौल बनाउन जोड दिइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीको दिल्ली भ्रमण गराउन आवश्यक छ। एउटा छिमेकीमा भ्रमण भए पछि अर्कोमा पनि होस् भन्ने हाम्रो चाहना हो।’ उनको भेटको लागि यहाँ माहौल बनाई दिन आग्रह गरिन् ।