‘म ईश्वरमाथि विश्वास गर्छु र ईश्वर हाम्रो साथमा छन्’
एजेन्सी, १२ पौष । कुनैबेला कम्युनिस्ट मुलुक थियो सोभियत संघ । लेनिन, स्टालिन जस्ता नास्तिकहरु सोभियत संघका शासक थिए । जब कम्युनिस्ट सत्ताको पतन भयो तब सोभियत संघ विभाजित भयो । विभाजित राष्ट्रको मुख्य हिस्सा रुस हो जहाँ अहिले कम्युनिस्टको नामोनिशान छैन भन्दा हुन्छ ।
रुसमा अहिले भ्लादिमिर पुटिनको शासन छ । उनले सोभियत संघबाट टुक्रिएका युक्रेनमाथि हमला गरेको दुई वर्ष पूरा भइसकेको छ । पुटिनले हालैमात्र रुसको साथमा ईश्वर भएको अभिव्यक्ति दिएका छन् ।
उनले भनेका छन्, ‘म ईश्वरमाथि विश्वास गर्छु र ईश्वर हाम्रो साथमा छन् ।’ नास्तिकहरुले शासन गरेको रुसमा पुटिन आस्तिक देखिए अहिले ।