१० पुस २०८१, बुधबार | December 25, 2024

रुसले २०२५ मा ल्याउने भयो क्यान्सरविरुद्धको भ्याक्सिन


December 25, 2024
249
Shares

एजेन्सी, १० पौष । रुसले आउँदो वर्ष क्यान्सको भ्याक्सिन उत्पादन गरी प्रयोगमा ल्याउने भएको छ । उसले क्यान्सको भ्याक्सिन उत्पादन अन्मि चरणमा पुगेको घोषणा गरेको छ । अब यो भ्याक्सिन २०२५ बाट प्रयोगमा ल्याउने रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

क्यान्सरको भ्याक्सिन उत्पादन गर्न बहु चरणमा अध्ययन भएको जनाइएको छ । सन् २०२२ को मध्यबाट सुरु भएको यो अध्ययन २०२४ मा अन्तिम चरणमा पुगेको हो । भ्याक्सिनले क्यान्सर पत्ता लागेका विरामीको रोगसँग लड्ने क्षमता अभिवृद्धि गरी क्यान्सर कोषिकाहरुलाई नष्ट गर्नेछ ।

रुस कोभिड १९ विरुद्धको भ्याक्सिन उत्पादन गर्ने पहिलो मुलुक हो । रुसी वैज्ञानिकहरु भौतिक विज्ञानका अलावा चिकित्सा क्षेत्रमा अब्बल मानिएका छन् ।

प्रतिक्रिया