१० पुस २०८१, बुधबार | December 25, 2024

‘बुवा र भाइको हत्या मैले गरेको हुँ’ भन्दै मिलनले गरे आत्मसमर्पण


December 24, 2024
2.7k
Shares

काठमाडौं,९ पुस । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरी फरार मिलन आचार्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।  बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले अनुमान गरेको थियो ।

प्रहरीले अनुमान जस्तै मिलन आफैले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । मिलन भक्तपुरको सूर्य विनायक नगरपालिका–२ मा आफ्नै डेराबाट बुवा र भाईको हत्या गरेर फरार भएका थिए । मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर उनले बालकोटमा बुबा र भाइलाई आफैले मारेको बताए ।

मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे प्रहरीले सोध्दा प्रेमिकासँगको तनावले घटना घटाएको बताए । मिलनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि इनड्राइभबाट मोटरसाइकल मगाएका थिए । उनी त्यही मोटरसाइकलमा सातदोबाटोसम्म पुगे । त्यसपछि फेरि अर्को इनड्राइभ गरेर उनी कलंकी पुगे र त्यहाँ मोबाइलको सिम फ्याँकेका थिए ।

 

 

 

प्रतिक्रिया