९ माघ २०८१, बुधबार | January 22, 2025

आरजुलाई दिल्लीमा बेवास्ता


December 19, 2024
15.4k
Shares

काठमाडौं, ४ पौष । परराष्ट्रमन्त्री भएपछि पहिलोपटक दिल्ली पुग्दा आरजु देउवाले खुबै सम्मान पाएकी थिइन् । उनको विमानस्थलबाटै विशेष सम्मान र स्वागत भयो ।

भारतीय समकक्षी एस जयशंकरसँग मात्र नभई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिन् । नेपालका परराष्ट्रमन्त्रीले कमैमात्र पाउने अवसर आरजुले पाइन् । मोदीसँगको भेटमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल पनि थिए । आरजु निकै हौसिइन् ।

तर, समय कोल्टे फेरेको छ । आरजु यसपटक यूरोपबाट दिल्ली पुग्दा उनलाई स्वागतका लागि  भारतको नर्थ डेस्क हेर्ने उपसचिव अमित कुमार मिश्र मात्र पुगे ।  । दिल्लीको एउटा कार्यक्रममा पुगेकी आरजुलाई स्वागतका लागि कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा पनि पुगे ।

आरजुले चीनसँगको बीआरआई फ्रेमवर्कको सम्झौता हुँदा विशेष भूमिका खेलिन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अगावै बेइजिङ पुगिन् र उच्चस्तरीय भेट गरिन् । त्यसपछि नेपाल आएर फेरि ओलीको भ्रमण दलमा रहिन् ।

आरजुले दक्षिणी छिमेकलाई झुक्याएको विश्लेषण भइरहेको बुझिएको छ । उनले भारतसँगको सम्बन्ध बलियो देखाएर राजनीतिक लाभ लिएको र उल्टै भारतलाई धक्का दिने गतिविधि गरेको चर्चा छ । आरजुले ओलीको भ्रमण मिलाउने हल्ला समेत पिटाइएको छ अहिले । तर, आरजुले उच्च स्तरीय भेट पनि नपाउने अवस्था बनेको छ दिल्लीमा अहिले । उनी बेवास्तामा परेकी छिन् ।

प्रतिक्रिया