पूर्वमेयर पीएल सिंहको निधन,काठमाडौं महानगरमा शोक बिदा
काठमाडौं,१ पुस । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको निधनमा आज काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।
गएराति १ बजे सिंहको ८८ वर्षको उमेरमा ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको हो ।
काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो । पीएल सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
सिंहले सर्वमान्य नेता गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।