२ माघ २०८१, बुधबार | January 15, 2025

ओलीलाई बामदेवको फोन : प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन लगाउनु


December 13, 2024
3.1k
Shares

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमले आफूसँग कुरा गरेपनि आफ्नो स्वर नचिनेको बताएका छन् । दुई नेताबिच शुक्रबार भएको टेलिफोन कुराकानीमा गौतमले ओलीको स्वकिय सचिव भन्दै प्रधानमन्त्रीसँग ती सबै कुरा गरेका हुन् । कुराकानीबारे प्रधानमन्त्री ओली आफैले एक कार्यक्रममा जानकारी दिएका हुन् ।

‘अव केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलो बालाई’, ओलीले भने, ‘वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले भने, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ ।’

प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताए । ‘उहाँलाई समेत भ्रम पर्नेगरी । भ्रम त पर्नु नपर्ने उहाँ र म नङ र मासु जसरी एउटै यात्रामा अघि बढेका हौँ । मेरो आवाज युट्यबमा चिन्नुभयो तर मसँग कुरा गरेको चिन्नुभएन’, ओलीले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’

प्रतिक्रिया