२ माघ २०८१, बुधबार | January 15, 2025

दुर्गा र रविलाई ओलीले किन जेल हाल्न खोजे


December 11, 2024
1.2k
Shares

काठमाडौं, २६ मंसिर । दुर्गा प्रसाईँविरुद्ध सरकारी वकिलको कार्यालयले साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्दै कागजात सार्वजनिक गरेकोमा प्रसाईँविरुद्ध उक्त मुद्दा दायर भएको हो ।

प्रसाईँविरुद्ध पाँच वर्षभन्दा बढी कैद सजाय मागदाबी गरिएको छ । उनलाई धरौटीमा राख्ने या कारागार चलान गर्नेबारे बहस बिहिबार सुरु हुनेछ । तर, ओली सरकारले उनलाई जेलमा लामो समय राख्ने रणनीति बनाएको छ ।

उता रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि तीन कसुरमा मुद्दा चलाउने तयारी भएको छ । मुद्दा चलाएपछि उनलाई जेलमा राख्ने या धरौटीमा रिहा गर्नेबारे बहस चल्नेछ । उनीविरुद्ध संगठित अपराधको मुद्दा समेत दायर भएकाले जेल जान सक्छन् । ओलीले रविलाई पनि जेलमा लामो समय रहने गरी रणनीति चालेका छन् ।

प्रतिक्रिया