३ माघ २०८१, बिहिबार | January 16, 2025

राजनीतिक कोर्स बदल्ने मार्गमा प्रचण्ड, अब के होला ?


December 7, 2024
1.1k
Shares

काठमाडौं, २२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक कोर्स बदल्नेतर्फ आफू बढेको बताएका छन् । उनले गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशनको उदघाटन गर्दै राजनीतिक कोर्स बदल्न शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख शासकीय प्रमुख रहने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञ मन्त्री बन्ने व्यवस्थामा जानुपर्ने बताए । उनको आशय प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री रहने भन्ने हो ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट सांसद छान्ने र त्यस्तो संसदले कानून बनाउने, विज्ञलाई मन्त्री बनाएर प्रत्यक्ष निर्वाचित शासकीय प्रमुखले देश चलाउने प्रचण्डको भनाई थियो ।

देशमा कसैको पनि बहुमत नआउने अवस्था बनाइएको छ । यसैलाई देखाएर एकाथरीले प्रत्यक्ष निर्वाचित सांसद मात्र राख्नुपर्ने भनिरहेका छन् । प्रचण्डले भने पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री या राष्ट्रपतिले देश चलाउने गरी प्रस्ताव सारेका हुन् ।

प्रत्यक्ष निर्वाचित शासकीय प्रमुख रहने निर्वाचन प्रणालीको पक्षमा कम्युनिष्ट पार्टीहरु छन् । तर, नेपाली काँग्रेस संसदीय व्यवस्थाको पक्षमा रहेको छ । यसकारण निर्वाचन प्रणाली बदलेर राजनीतिक कोर्स बदलिने सम्भावना कमजोर छ ।-File Photo

प्रतिक्रिया