कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै पुथाउत्तरगङ्गाको उपाध्यक्षमा माओवादीकी बुढा विजयी

काठमाडौं,१७ मंसिर । कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।
माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याएर विजय प्राप्त गरेकी हुन् । कांग्रेसको चुनाव चिन्हमा लडेकी एमालेकी केशकुमारी तुलाचनलाई उनले १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।
तुलाचनले २ हजार १२८ मत प्राप्त गरेकी छिन् ।