२ माघ २०८१, बुधबार | January 15, 2025

रुसले एटम बमको परीक्षण गर्नसक्ने


December 1, 2024
1.2k
Shares

एजेन्सी, १६ मंसिर । रुसले आणविक हतियारको परीक्षण गर्नसक्ने भएको छ । उसले सन् १९९२ यता आणविक हतियारको परीक्षण गरेको छैन । यसको ३२ वर्षपछि रुसले परीक्षण गर्नसक्ने त्यहाँका सहायकविदेशमन्त्री सेरगेई रेबकोभले बताएका छन् ।

रुसी समाचार संस्था ताससँगको अन्तवार्तामा रेबकोभले एटम बमको परीक्षण आवश्यक ठानिएको बताए । उनको अभिव्यक्तिप्रति विश्वभर चासो बढेको छ ।

रुससँग सँसारकै शक्तिशाली एटम बमहरु रहेको बताइन्छ । उसले विगतमा गरेका जार बमको परीक्षण अहिलेसम्मकै खतरनाक हतियारको परीक्षण मानिन्छ ।

प्रतिक्रिया