२ माघ २०८१, बुधबार | January 16, 2025

उपचार खर्च नपाएर उत्तराखण्डमा मृत्युसँग लड्दै बाजुराका मंगल


December 1, 2024
498
Shares

बाजुरा,१६ मंसिर । बाजुराको गौमुल गाउँपालिका वडा नं दुई मल्दुगनका मंगल रोकाया यतिवेला जीवन मरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरको बिरामी रोकाया यति वेला उत्तराखण्ड स्थित दहंश हस्पीटल भारतमा उपचाररत छन् ।

“ हस्प्टिलले अप्रेशनको लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भरना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन। म बेडमै पल्टेको छु । डाक्टरले छिटो उपचार गर्नुपर्छ भन्छन् ,मसंग कौडी पैसा छैन । कसरी जीवन बचाउने रु ”उनले फेसबुक म्यासेनजर मार्फत म्यासेज गरेका छन् । दुब्लाउँदै गरेको शरीरको फोटो पोष्ट गर्दे उनले भने आन्द्रामा तीनवटा घाउछन्। औषधि खाएर पहिलो अप्रेसन गराएँ ज्यान झनझन घट्दै गएको छ। अहिले जीउ घटेर ३३ केजी मात्र छ’,मंगलले भने ।

दिनको भारु तीन हजार आठ सय ७१ रुपैंया उपचार खर्च हुन्छ । भएको सबै पैंसा सकियो उपचार भएको छैन। कोही दाताले ज्यान बचाईदिए हो मत मृत्यूसँग लडि रहेको छु , मंगलको दुखेसो छ । नेपालमा महँगो उपचार खर्च बेहोर्न नसक्दा छोरीज्वाईको सहारामा भारत आयौँ । यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेका थियौं छोरोको हेरचाहले कतै काम गर्न पनि पाएको छैन ।छोराको ज्यान बचाउनकै लागि भारत पुगेका छौं’ , मंगलका बुवा गोकर्णबहादुर रोकायले भने ।

उनी सदरमुकाम मार्तडीमा किराना खुद्रा ब्यपार ब्यवासय गर्दे आएका थिए । ब्यपार व्यवसायको लागि घर जग्गा बैंक र सहकारीमा धितो राखेका छन् । ब्यपार पनि शून्य छ । घर जग्गा वेचरपनि उपचार गराउन खोज्दा किनिदिने मान्छे पनि भेटिँदैनन् । पैसा जम्मा गर्न नसके रिफर गरिदिने हस्पिटलले चेतावनी दिएको छ, मेरो छोराको ज्यान बचाउने को दैव होला रु रोकायाले भने । अहिले बिरामी मंगल रोकायाको फोटा सामाजिक सञ्जालमा छ । छोराको दयनीय अवस्था देखिेर केही आफन्तजनले सहयोग त गरेका छन् । त्यसले पुग्ने अवस्था छैन । छोराको सहयोगको लागि मंगल रोकायाका नामको ग्लोवल आईएमई बैंकको खाता नं ११००७०१०००१२७४ सहित क्युआरकोड पनि सार्वजनिक गरेका छन् । धेरै सामाजिक अभियन्तालाई अनुरोध गरेँ मेरो ज्यान बचाउन पहल भएको छैन मंगलले भने । म हार गुहार गर्छु मेरो उपचार भए भएको सम्पत्ति बेचेर सबैको ऋण चुक्ता गर्नेछु अहिले मेरो ज्यान बचाइदिन सबैमा अनुरोध छ , हस्पीटलबेडबाट मंगलले अनुरोध गरेका छन् ।

नेपालमा उपचार गर्ने खर्च जुटाउन नसक्दा जयालामज्दुरी गरेर पनि उपचार गराउन तीनमहिना अघि दुवै बाबुछोरा भारतमा गएका थिए । यहाँ सवैसँग हारगुहार गर्दे छु उपचार खर्च जुटाउन सकेकी छैन । कसरी पतिको ज्यान बचाउ मंगलकी पत्नी सीता रोकायाले पीडा व्यक्त गरिन् । समाचारपत्र

प्रतिक्रिया