११ पुस २०८१, बिहिबार | December 27, 2024

प्रधानमन्त्री ओलीको निर्देशनमा मानव तस्करीमा पक्राउ सांसद लीलाबल्लभलाई उन्मुक्ति


November 25, 2024
1.1k
Shares

काठमाडौं, १० मंसिर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद लीलाबल्लभ अधिकारीले उन्मुक्ति पाएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उन्मुक्ति पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा लीलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णयमा सरकारी वकिलको कार्यालय पुगेको बुझिएको छ । यद्यपि उक्त कार्यालयले विभिन्न आधार देखाएर मुद्दा नचलाएको दाबी गरेको छ ।

जापानमा मानव तस्करीको आरोपमा लीलाबल्लभ अधिकारी पक्राउ परेका थिए । अधिकारीले जापान लिएर गएका व्यक्तिहरु पक्राउ परी डिपोर्ट भएका थिए । त्यसपछि उनलाई काठमाडौंमा पक्राउ गरिएको थियो ।

जापान मानव तस्करी प्रकरणमा जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराजविरुद्ध मुद्दा दर्ता भएको छ ।

११ कात्तिकमा जापानको एउटा कार्यक्रममा लीलाबल्लभ अधिकारी मन्त्री हुँदैको अवस्थामा तीनजना व्यक्ति लिएर पुगेका थिए । ती व्यक्ति यो कार्यक्रमसँग असम्बन्धित रहेको खुलेको थियो ।

प्रतिक्रिया