११ पुस २०८१, बिहिबार | December 27, 2024

भारतका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान


November 21, 2024
498
Shares

काठमाडौं, ६ मंसिर । नेपाल र भारतका सेनाबीच विशिष्ट सम्बन्ध । यी दुई देशका प्रधानसेनापति एक अर्को देशको मानार्थ महारथी हुनेगर्छन् । यही दर्जा लिन नेपाल भ्रमणका आएका हुन् भारतका सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी ।

उनले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा लिए । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोकराज सिग्देल पनि शितलनिवासमा उपस्थित थिए ।
जनरल द्विवेदी धर्मपत्नी सुनिता द्विवेदीका साथ पाँच दिवसीय नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् ।

भारतको स्थल सेनाका ३०औं सेनापति द्विवेदीको जन्म १ जुलाई सन् १९६४ मा भारतको रेवामा भएको थियो । रेवाकै सैनिक स्कुलमा माध्यमिक तहको शिक्षा पूरा गरेका उनी खेलकूदमा पनि अब्बल थिए । उनी नियमित योगाभ्यास गर्छन् ।

अध्ययनमा पनि अब्बल जनरल द्विवेदीले डिभेन्स एण्ड म्यानेजमेन्ट स्टडिजमा एमफिल गरेका छन् । उनका जर्नल आर्टिकल पनि प्रकाशित छन् ।

प्रतिक्रिया