९ माघ २०८१, बुधबार | January 22, 2025

भारतले परीक्षण गरेको हाइपरसोनिक मिसाइल के हो


November 17, 2024
747
Shares

एजेन्सी, २ मंसिर । भारतले पहिलोपटक हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । शनिबार ओडिसा नजिकैको एपीजे अब्दुल कलाम टापुबाट उसले मिसाइल परीक्षण गरेको हो ।

१५ सय किलोमिटर भन्दा बढी दूरी मार हान्न सक्ने मिसाइल सही ठाउँमा प्रहार गर्न सक्षम रहेको जनाइएको छ । उक्त मिसाइल भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेशनले विकास गरेको हो । उक्त संस्थाको प्रयोगशालामा निर्माण गरिएको हाइपरसोनिक मिसाइल भारतको आन्तरिक उत्पादन पनि हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले मिसाइलको परीक्षणको सफलतामा खुशी व्यक्त गर्दै एक्समा पोष्ट समेत गरेका छन् । उनले यो सफलतालाई भारतको ऐतिहासिक प्रगति भनेका छन् ।

रुस, चीन र अमेरिका हाइपरसोनिक मिसाइलको परीक्षण गरिसकेका देश हुन् । भारतसँग पनि यो मिसाइल रहेको पुष्टि भएको छ । उत्तर कोरियाले पनि हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरिएको छ ।

फ्रान्स, जर्मनी, अष्ट्रेलिया, जापान, इरान र इजरायल जस्ता देशले हाइपरसोनिक मिसाइलको परियोजना सफ लबनाउन खोजिरहेका छन् ।

हाइपरसोनिक मिसाइल आवाजभन्दा पाँच गुणा छिटो हुन्छ । यसको प्रहार पनि अचुक जस्तै हुन्छ ।

प्रतिक्रिया