१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

धनराजले सीआइबीलाई ढाँटे


November 13, 2024
3.2k
Shares

काठमाडौं, २९ कात्तिक । मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई ढाँटेका छन् । सीआइबी पुगेर बयान दिएका गुरुङले अनुसन्धान अधिकृतहरुलाई भावुक बनाउने र बह पोख्ने गरे । तर, उनले ढाँटको कहानी सुनाए ।

मितेरी सहकारीले आफ्नो परिवार नै क्षतिविक्षत बनाएको भनेका गुरुङले पत्नी ज्योती गुरुङ अमेरिका छिन् भन्ने सुनेको बताए । तर, उनी अमेरिका गएर बेला बेलामा ज्योतिसँग भेटघाट गरिरहन्छन् । नेपाली पेनले भेटको प्रमाणस्वरुप तस्बिर नै सार्वजनिक गरेको थियो ।

मितेरी ठगीमा जोडिएपछि धनराजले योजनावद्ध तरिकाले पत्नी ज्योतिसँग कागजी डिभोर्स गरेका थिए । त्यसपछि उनले अमेरिकामा व्यवस्थापन गरेका थिए । ज्योति रेड कर्नर नोटिश जारी हुनुअघि अमेरिकाको क्यासिनामा काम गर्ने र पछि निष्काशित भएको खबर पनि नेपाली पेनले खुलासा गरेको थियो ।

धनराजले कानूनमन्त्री हुँदा ठूलो आर्थिक चलखेल गरेको तथ्य पनि पत्ता लागेको थियो । न्यायाधीश बनाउन उनले अमेरिका र जापानमा पुगेर डिल गरेका थिए । उनको अष्ट्रेलियामा रहेका छोराको बैंकमा आएको ठूलो रकमबारे पनि अनुसन्धान भएको थियो ।

धनराजले मितेरी सहकारीलाई बुझाएको रकम मीनबहादुर गुरुङसँग लिएका थिए । कागजमा ऋण लिएको देखाएपनि उनले मीनबहादुरलाई धम्क्याएर रकम लिएको विश्वस्त स्रोतले बताएको छ ।

काठमाडौं जिल्ला अदालतबाट ललिता निवास जग्गा प्रकरणमा धरौटीमा रिहा भएका मीनबहादुरलाई पुनरावेदनमा आफूनिकट न्यायाधीश लगाएर जेल हाल्ने धम्की दिएर रकम लिएको स्रोतले बतायो ।
धनराजले मन्त्री हुँदा करोडौं रकम हात पारेको र त्यो रकमको व्यवस्थापन विदेशमै गरेको बुझिएको छ । उनले छोरा विदेश पठाउन रकम लिएको अर्को झुट पनि बोलेका छन् । जबकि उनले मितरीको रकम अन्य ठाउँमा व्यवस्थापन गरेको बुझिएको छ ।

प्रतिक्रिया