२४ पुस २०८१, बुधबार | January 8, 2025

डेडिकेटेड र ट्रंक लाइनको अरबौं महशुल उठाइछाड्नेमा कुलमान दृढ


November 13, 2024
415
Shares

काठमाडौं, २९ कात्तिक । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाइछाड्ने दृढता व्यक्त गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै त्यस्तो दृढता व्यक्त गरेका हुन् ।

मन्त्रिपरिषदको निर्णयबाट लाइन जोड्न भनिएपछि कुलमान पछि हटेका थिए । महशुल नतिर्ने उद्दोगको लाइन जोडिएको छ । तर, कुलमानले कानूनी तरिकाले महशुल उठाउने अडान लिए ।
प्राधिकरण ऐन, नियमभन्दा एक इन्च बाहिर नगएको उनको भनाई थियो । उनले मन्त्रिपरिषदतर्फ इंकित गर्दै असन्तुष्टि समेत जनाए ।

डेडिकेटेड र ट्रंक लाइनवापत्को महशुल नतिर्न केही उद्दोगी कमिशनको खेलसहित सक्रिय छन् । उनीहरुकै दबाब र प्रभावमा मन्त्रिपरिषदले देशको अरबौं कर उठ्नबाट रोक्ने निर्णय लियो । जुन सँसारमै विरलै हुन्छ ।

प्रतिक्रिया