दिपक मनाङे पक्राउ

काठमाडौं, २७ कात्तिक । दिपक मनाङे पक्राउ परेका छन् । गण्डकी प्रदेशका सांसद रहेका मनाङेलाई काठमाडौंको सानो भर्र्याङबाट प्रहरीले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्दोगमा अदालतले दोषी ठहर गरेका मनाङे फैसलालगत्तै फरार थिए । उनको व्यापक खोजी भइरहेको थियो ।
मनाङेले २ दशक अघि मिलन चक्रेलाई ज्यान लिने प्रयास गर्दै आक्रमण गरेको ठहर अदालतको थियो ।
मनाङे गण्डकी प्रदेशको ६ पटक मन्त्री भए । उनलाई राजनीतिक संरक्षण रहँदै आएको थियो ।