१९ मंसिर २०८१, बुधबार | December 4, 2024

४० कटेपछि स्वस्थ आँखाका साथ रमाउनसक्ने गरी मात्रिकाले थाल्यो नयाँ उपचार प्रक्रिया


November 11, 2024
13.9k
Shares

काठमाडौं, २६ कात्तिक । ४० कटेपछि रमाउन स्वस्थ त हुनैपर्छ । त्यसमाथि पनि आँखा त झन् स्वस्थ हुनुपर्छ । अब चिन्ता नलिनुहोस् पुरानो बानेश्वरस्थित मात्रिका आइ सेन्टरले नेपालमै पहिलोपटक आँखाको उपचारको नयाँ प्रविधिका साथ नयाँ प्रक्रिया थालेको छ जसले ४० कटेकाको नजिकको र मध्यवर्ती दृष्टिसँग संघर्ष गर्नेको समस्या हल गर्दछ ।

मात्रिकाले ल्याएको नयाँ लेजर प्रक्रियाको नाम प्रेसबाइम्याक्स हो । यो प्रक्रिया नेपालमै पहिलोपटक आएको हो । मात्रिकाले नेपालमा आँखाको उपचाका लागि नयाँ नयाँ विधि र प्रविधि भित्राइरहेको छ ।

जसका कारण देशभित्र असम्भव भनिएका कतिपय आँखाको जटिल उपचार पनि सम्भव भइसकेको छ । अब सर्वसाधारणमा ठूलो खर्च गरेर विदेश जानुपर्ने वाध्यता रहेन ।

मात्रिकाको अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकका कारण आँखाको उपचारमा आउनेहरुको चाप बढेको छ । उसको ख्याति पनि देश विदेशमा फैलिएको छ ।

मात्रिकाले एकपछि अर्को अत्याधुनिक प्रविधि भित्राउनुका साथै निःशुल्क आँखा शिविर पनि देशभर सञ्चालन गर्दै आएको छ । उसले दुरदराजका गाउँसम्म पुगेर आँखामा समस्या भएकाको पहिचान गरी निःशुल्क उपचार समेत गर्दै आएको छ ।

प्रतिक्रिया