रविलाई चौथो पटक म्याद थपका लागि अदालत उभ्याइयो

काठमाडौं,२५ कात्तिक । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।
गत कात्तिक २० गते १४ गते बाट लागु हुने गरी १० दिनको म्याद थप गरेको हो । सोही अनुसार आज १० दिनको म्याद सकिएपछि फेरी थप अनुसन्धान गर्न कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको हो ।