३ माघ २०८१, बिहिबार | January 16, 2025

उडान कटौतीसँगै ह्वात्तै बढ्यो भाडादर


November 10, 2024
2.2k
Shares

काठमाडौं,२५ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि कटौती गरिएसँगै अन्तर्राष्ट्रिय हवाई कम्पनीले हवाई भाडा वृद्धि गर्न थालेका छन् । विमानस्थल सुधारका लागि १० घण्टा विमानस्थल बन्द गरिएपछि विमान कम्पनीहरुले ७६ हजारमा दिने टिकट ३ लाख ६४ हजारसम्म पु(याएका छन् ।

७६ हजारको टिकट ३ लाख ६४ हजार रुपैयाँमा बिक्री

एउटा विमान कम्पनीले ६४ हजारमा दिने काठमाडौं–दोहा–बाकुको दोहोरो हवाई भाडा ३ लाख ६४ हजार पु¥याएको पाइएको छ ।

हवाई भाडा बढेपछि पर्यटन, परराष्ट्र, श्रम क्षेत्रमा ठूलो प्रभाव परेको छ । जथाभाबी भाडा बढाउँदा श्रमिक मारमा परेपछि म्यानपावर कम्पनीहरु पनि अतालिएका छन् ।

यसैंबीच विमान कम्पनीहरुले आफुखुशी निर्धारण गरिएको हवाई भाडा नियन्त्रण गर्ने बिषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला पक्षबीच छलफल गरी पाँच बुँदे सहमति गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरु समेतको उपस्थितिमा ५ बुँदे सहमति तय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलव्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा छलफल गरेर टीबीए खारेज गरेको प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले बताए ।

वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था ९टीबीए० खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने निर्णय भएको जानकारी उनले दिए ।

यसैंगरी सवै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको मूल्य शिर्षकमा उल्लेख भए अनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नु पर्ने निर्णय पनि गरिएको छ ।

वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने सहमति भएको पनि बताइएको छ ।

तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुने निर्णय भएको र वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने निर्णय भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

निर्णयहरु पालना नभएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका बरिष्ठ अधिकृत विष्णु प्रसाद पौडेलको मोबाइल नं। ९८४२१७०७२९ मा सम्पर्क गर्न सकिने पनि प्राधिकरणले सूचना जारी गरेको छ ।

त्रिभुवन विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएको बहानामा एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोमा नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले टिकट दर ५ गुणासम्म बढाएका थिए ।

भाडा दर बढेपद्धि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए ।

मन्त्रीहरुको वैठकले वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यस अघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।

यसैंबीच अधिवक्ता प्रा।डा। गान्धी पण्डितले अहिले देखिएको हवाई भाडाको महँगी तत्काल घटाउनेगरि सरकारले पहलकदमी लिनुपर्नेमा बताएका छन् । उनले नेपाली श्रमिकहरु हवाई भाडादर महँगो हुँदा धेरै ठूलो मारमा परेको टिप्पणी गरे ।

रिपोर्टर्स क्लबमा उनले सरकारले तत्काल कदम चालेर हवाई भाडादर घटाउनुपर्ने बताए । अहिले ३० देखि ४० हजार पर्ने टिकट रातारात बढेर एक लाख पु(याएको बताए ।

उनले हवाई भाडादर महँगो भयो भनेर एयरलाइन्सहरुविरुद्ध खनिनुपनि राम्रो नहुने तर्क गरे ।

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले पनि गुनासो गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार ९०८१ कात्तिक २३० देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ । योसँगै आगामी चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रभावित हुनेछन् ।
रातीको समयमा बन्द भएको विमानस्थल बिहान अबेर खुल्दा आन्तरिक उडान पनि प्रभावित भएको व्यवसायीले बताए । त्यसले गर्दा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा हवाई भाडा महँगो परेको उनीहरूको गुनासो छ ।

विमानस्थल’दयगत ६ महिना अघि नै सूचना जारी गरिसकेकोले तत्कालै समय परिवर्तन गर्न नमिल्ने भनेर नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया