डोनाल्ड ट्रम्पको पुनरागमनको सम्भावित प्रभाव
काठमाडौं,२४ कात्तिक । गत ५ नोभेम्बरका दिन अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ४५औं राष्ट्रपति डोनाल्ड जे ट्रम्प पुनः ४७औं राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । अमेरिकामा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाइँदैन । सामान्यतया लोकप्रिय व्यक्तिहरू लगातार दोस्रो कार्यकालका लागि चुनिन्छन् । उदाहरणका लागि विगतमा बिल क्लिन्टन, जर्ज बुस र बाराक ओबामाले दुई कार्यकाल लगातार जितेर ८÷८ वर्ष राष्ट्रपतिको पदभार सम्हाले । ट्रम्प पनि दुई कार्यकालका लागि राष्ट्रपति हुँदै छन् तर लगातार होइन । उनी २०१७ जनवरीदेखि २०२१ जनवरीसम्म राष्ट्रपति भए । उनी सन् २०२० को निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । ४६औं राष्ट्रपतिका रूपमा बाइडेन आगामी २० जनवरीसम्म पदमा रहन्छन् । आगामी २० जनवरीमा शपथ ग्रहण गरेर ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्प पुनस्र्थापित हुनेछन् । यसैकारण ट्रम्पको यस विजयलाई अद्वितीय पुनरागमनसमेत भनिएको छ । पहिलो कार्यकालमा निर्वाचित भएर दोस्रोमा पराजित हुँदै पुनः तेस्रो निर्वाचनमा फर्किनु बिरलै भएको छ । यसअघि सन् १८८४ मा निर्वाचित ग्रोभर क्लेभल्यान्ड सन् १८८८ मा पराजित भए र सन् १८९२ मा पुनः फर्किए । अमेरिकी इतिहासमा बीचमा बाहिरिएर पुनः फर्किनेमा क्लेभल्यान्डपछि ट्रम्प नै हुन् । यसकारण ट्रम्पको पुनरागमन असामान्य घटना हो ।
अस्वाभाविक पुनरागमन आफैंमा असामान्य त हुँदै हो । साथसाथै अन्य कारणले पनि ट्रम्पको विजयलाई अस्वाभाविक मानिँदै छ । सामान्यतया अमेरिकामा निर्वाचनपूर्वका सर्वेक्षणहरूलाई विश्वसनीय मानिन्छ । अपवादबाहेकका सम्पूर्ण सर्वेक्षणले ट्रम्पको विजयको अनुमान गरेका थिएनन् । हदैसम्म भन्नुपर्दा प्रतिस्पर्धा अत्यन्तै कडा हुनेसम्म भनिएको थियो । परम्परागत रूपमा ब्लु वाल ९डेमोक्र्याटतर्फ झुकाव राख्ने० भनिने पेन्सिलभ्यानिया, मिचिगन र विस्कन्सिन राज्यमा नतिजा भर पर्नेसम्म भनिएको थियो । तर, ट्रम्पले यी कथित ब्लु वालमध्ये एउटा मात्र जितेको भए पनि पुग्ने अवस्था देखाप(यो ।
ट्रम्पले यी तीनै राज्य त जिते नै, ब्याटल ग्राउन्ड भनिने अन्य चार राज्य पनि सजिलै जिते । कुल ५ सय ३८ निर्वाचक मण्डलको बहुमत अर्थात् २ सय ७० मत भए पुग्नेमा उनले ३ सय १२ मत प्राप्त गर्ने लगभग पक्का भइसकेको छ । २०१६ को निर्वाचनमा ट्रम्पले ३ सय ६ मत मात्र प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी हिलारी क्लिन्टन कुल लोकप्रिय मतमा अगाडि थिइन् । यसपटक ट्रम्प कुल मतमा पनि अघि छन् । त्यति मात्र होइन, डेमोक्र्याट पार्टीको दुर्भेद्य किल्ला मानिने क्यालिफोर्निया र न्युयोर्कजस्ता राज्यमा समेत मतान्तर उल्लेख्य रूपमा घटाउन ट्रम्प सफल भए । सन् २०२० को निर्वाचनमा वर्तमान राष्ट्रपति बाइडेनले पाएको मतभन्दा यसपटक कमला ह्यारिसले पाएको मत देशैभर कम छ ।
ट्रम्पको अभूतपूर्व विजय कसरी सम्भव भयो त रु जवाफ त्यति सरल पक्कै छैन । ट्रम्पको उग्र राष्ट्रवादी नाराले निकै नै काम गरेको प्रस्टै देखियो । ‘मागा’ अर्थात् ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले अमेरिकी स्वाभिमानलाई निकै आकर्षित गरेको देखियो । आप्रवासीप्रति अत्यन्तै अनुदार रूपमा प्रस्तुत भएका ट्रम्पले ठूलो समूहमा आप्रवासीलाई ‘देश निकाला’ घोषणा गरेका छन्
ट्रम्पको यस्तो अभूतपूर्व विजय कसरी सम्भव भयो त रु जवाफ त्यति सरल पक्कै छैन । ट्रम्पको उग्र राष्ट्रवादी नाराले निकै नै काम गरेको प्रस्टै देखियो । ‘मागा’ अर्थात् मेक अमेरिका ग्रेट अगेन भन्ने नाराले अमेरिकी स्वाभिमानलाई निकै नै आकर्षित गरेको देखियो । आप्रवासीहरूप्रति अत्यन्तै अनुदार रूपमा प्रस्तुत भएका ट्रम्पले ठूलो समूहमा आप्रवासीहरूलाई देश निकाला गर्ने घोषणा गरेका छन् । अर्कोतिर अमेरिकाको गिर्दो भनेर चित्रण गरिएको आर्थिक अवस्था सुधार्ने ट्रम्पको अश्वासनलाई अमेरिकी जनताले पत्याएको देखियो । गर्भपतनको स्वतन्त्रताको नाराले महिला मतदाताहरू सर्लक्कै ह्यारिसको पक्षमा ओर्लिने अनुमान गरिएकामा त्यसो भएन । महिला, अश्वेत, हिस्प्यानिक र एसियाली मतदाताहरूको मत ह्यारिसले बाइडेनले भन्दा पनि कम ल्याएकी छन् । निर्वाचन व्यवस्थापनको गुणवत्ता पनि फरक देखियो । ट्रम्प क्याम्पले आमजनसमुदायलाई नभई एकदमै लक्षित समूहलाई विशिष्ट आश्वासनका साथ सम्बोधन गरेको देखियो । उनको निर्वाचन अभियान क्याम्पले कथित उदारवादी शिक्षित भनिने समूहलाई वास्तै गरेन । कथित बौद्धिक भनिने वर्गलाई आकर्षित गर्ने कोसिसलाई व्यर्थ मानेर निम्न वर्गीय भावुक समूहलाई लक्षित नारा लिएर अगाडि बढेको देखियो । बंगलादेशमा भइरहेको हिन्दूहरूमाथिको अत्याचारलाई सम्बोधन गर्दै हिन्दूहरूको रक्षा गर्ने उनको आश्वासनले परम्परागत रूपमा डेमोक्र्याट पक्षधर मानिएको एसियाली हिन्दू भोटसमेत यसपटक ट्रम्पले पाए ।
ट्रम्पलाई एकदमै ‘अराष्ट्रपतीय’ बताइयो । हुन पनि उनका बेला बखतका बोलीवचन अत्यन्तै अस्वाभाविक हुने गर्थे । उनका कैयन् व्यवहारलाई पनि लोकतान्त्रिक मान्न सकिँदैन । सन् २०२० को निर्वाचनमा पराजित भएपछिको उनको व्यवहार आपत्तिजनक नै थियो । आफू जिते मात्र निर्वाचन परिणामलाई स्विकार्ने उनको हठ लोकतान्त्रिक आचरण हुँदै होइन । ६ जनवरी २०२१ का दिन आफ्ना समर्थकहरू लगाएर निर्वाचन परिणाम उल्टाउने प्रयास त वास्तवमा अकल्पनीय थियो र साँच्चै भन्ने हो भने दण्डनीय नै हो । अहिले पनि न्यायालयमा यस सम्बन्धमा उनीविरुद्ध मुद्दा विद्यमान छ । अमेरिकी न्याय व्यवस्थाका नाजायज छिद्रहरूका कारण मात्र उनी उम्मेदवार बन्न पाएका हुन् । तर, जे जस्तो भए पनि उनी अब जनताको मतद्वारा निर्वाचित व्यक्ति हुन् । यो लोकतन्त्रको सौन्दर्य पनि हो र एक प्रकारले विकृति पनि हो ।
कुनै अप्रत्याशित दुर्घटना भएन भने आगामी २० जनवरी मध्याह्नदेखि ४ वर्षका लागि ट्रम्प अमेरिकाको राष्ट्रपति हुनेछन्, साँच्चै भन्ने हो भने ट्रम्प लगभग विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछन् । उनले आफ्ना जनतालाई गरेका प्रतिज्ञाहरू पूरा गर्लान् वा नगर्लान् अथवा गर्न सक्लान् वा नसक्लान् त्यो हेर्न बाँकी नै छ । अमेरिकाको आर्थिक परिसूचकहरू कति सुध्रिएला र जनताको क्रयशक्तिमा कति सुधार आउला रु आप्रवासी समस्याप्रति कतिसम्म क्रूर बन्न व्यावहारिकताले देला रु आप्रवासीहरूका कारण नै बनेको र विकसित भएको मुलुक अमेरिकामा उग्र राष्ट्रवाद फस्टाउने एउटा हद पनि हुनसक्छ । ट्रम्पजस्ता राजनीतिज्ञहरूलाई उदारवादी प्राज्ञिकहरूको समर्थन नरहने डर एकातिर हुन्छ भने अर्कोतर्फ यस्ता व्यक्तिबाट जनताले तत्कालै चामत्कारिक परिणामको आशा गरेका हुन्छन् । यो अवस्था भनेको उनका लागि दोहोरो चुनौती हो । जेसुकै भए पनि यो ट्रम्पको आन्तरिक समस्या हो ।
ट्रम्पले अवलम्बन गर्ने विदेश नीति र व्यवहारले चाहिँ विश्वलाई नै प्रभावित गर्छ । ट्रम्पको विगतको व्यवहार बोलीलाई समेत हेर्दा विश्व रंगमञ्चमा केही महत्वपूर्ण मोड देखापर्ने चाहिँ निश्चित देखिन्छ । स्वभावैले ट्रम्प व्यापारी प्रवृत्तिका हुन् । त्यसकारण उनका प्रत्येक निर्णय नाफा नोक्सानमा निर्भर रहन्छ । उनी कसैलाई केही दिइन्छ भने त्यस्तै फिर्ता हुनुपर्छ भन्ने विश्वास गर्छन् । उनले आफ्नो पहिलो कार्यकालमा नाटोलाई कम महत्व दिएका थिए । उनी संयुक्त राष्ट्रसंघ जस्ता संस्थामा समेत अमेरिकाको व्ययभार घटाउने मुडमा देखिएका थिए । यस हिसाबले हेर्दा उनले युक्रेनलाई अमेरिकाले उपलब्ध गराइरहेको अनुदान राम्रैसँग घटाउने देखिन्छ । त्यसो भयो भने युद्ध रोकिन त सक्छ तर युक्रेनले ठूलो भूभाग गुमाउन भने सक्छ । यसको अर्थ अमेरिका र युरोपको सम्बन्धले नयाँ मोड लिनेछ र पुनरपरिभाषित गर्नेछ । इजरायलले भने अमेरिकाको निःसर्त समर्थन पाउनेछ । अझै बाँचेका बन्धकहरू तत्काल रिहा नहुने हो भने हमास, हिजबुल्लाह र इरानविरुद्ध अझै कठोर कदम चाल्न इजरायलले खुला छुट पाउनेछ । ट्रम्पको बलियो यहुदी समर्थन आधार र इस्लामी आतंकीविरोधी मनस्थितिका कारण इजरायलले खुला छुट पाउने सम्भावना बढी देखिन्छ ।
इस्लामी आतंकवाद भन्ने शब्दावली प्रयोग नै पहिलोपटक गरेका हुन् । अर्को तर्फ कोभिडलाई ‘चाइनिज भाइरस’ भनेर सीधा चीनतर्फ औंला तेस्र्याउने पनि उनै ट्रम्प हुन् । चिनियाँ आयातमा ठूलो भन्सार कर लगाउने उनले घोषणा नै गरेका छन् । चीन र इस्लामी आतंकको उग्र विरोध, हिन्दूहरूको रक्षा गर्ने घोषणा र उग्र राष्ट्रवाद १ यी कुराले ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्यन्तै नजिक बनाउँछ । त्यसमाथि ट्रम्प र मोदीको व्यक्तिगत मित्रता १ अब क्वाड अत्यन्तै सक्रिय हुन्छ र त्यसमा भारतको भूमिका बढ्ने पक्कापक्की छ । खुलेरै भन्नुपर्दा मोदीले आफ्नो इच्छानुसार धेरै गर्ने छुट पाउनेछन् र समर्थन पाउनेछन् । अंकुश घटेको, बढी स्वतन्त्रता पाएको र कतिपय अवस्थामा त समर्थन पाएका मोदी कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा त हाम्रा लागि पनि चासोको विषय हुने नै भयो ।
नेपाललाई हेर्ने अमेरिकाको आफ्नै दृष्टि थियो । सबै कुरा लाभहानिका हिसाबले हेर्ने ट्रम्पका कारण अमेरिकाका तर्फबाट नेपालमा हुने नगद प्रवाहमा उल्लेखनीय न्यूनता आउने सम्भावना आफ्नो ठाउँमा छ । अमेरिकाको नेपालाई हेर्ने दृष्टिकोण भारतको भन्दा नितान्त फरक हुने समेत गथ्र्यो । तर, अब सायद नेपालजस्तो मुलुकलाई धेरै हदसम्म भारतको आँखाबाट हेर्न थालियो भने आश्चर्य नमाने हुन्छ । यसो हुनु भनेको नेपाल र नेपालका वर्तमान शासकलाई निकै अप्ठ्यारो पर्नसक्छ । निरंकुश मोदीसँग सन्तुलित सम्बन्ध राख्नसक्ने क्षमता अबको अपरिहार्य आवश्यकता बन्ने हो कि ? राजधानी दैनिकबाट