९ माघ २०८१, बुधबार | January 22, 2025

हिन्दू मन्दिरमा आक्रमणपछि भारत र क्यानडाबीच तनाव बढ्यो


November 4, 2024
1.6k
Shares

एजेन्सी, १९ कात्तिक । क्यानडामा हिन्दू मन्दिरमा आक्रमणपछि क्यानडासँग भारतको तनाव झन् बढेको छ । पञ्जाबलाई अलग राज्य बनाउन सक्रिय क्यानडामा रहेका खालिस्तानीहरुले मन्दिरमाथि आक्रमण गरेका हुन् ।

यसै हप्ता मन्दिरमा आक्रमणपछि भारतले सोमबार त्यसको विरोध गरेको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले घटनालाई अतिवादी पृथकतावादीको आपराधिक कार्य भनेका छन् ।

आक्रमणका क्रममा हिन्दूमाथि खालिस्तानी झण्डा बोकेकाहरुले कुटपिट समेत गरेका छन् । यसको दृश्य भाइरल भएको छ ।

भारतका गृहमन्त्री अमित साहसहित कतिपय अधिकारीमाथि क्यानडाले खालिस्तानी पृथकतावादीको आफ्नो भूमिमा हत्या गर्न भूमिका खेलेको आरोपपछि तनाव झन् बढ्दा पछिल्लो घटना भएको हो । क्यानडास्थित भारतका कूटनीतिज्ञहरुलाई निष्काशन गरेपछि भारतले पनि बदलामा क्यानडाका कूटनीतिज्ञहरुलाई निष्काशन गरेको थियो ।

क्यानडाले पृथकतावादी खालिस्तानीहरुलाई सघाउ पुर्याइरहेको भन्दै भारतले विरोध गर्दै आएको छ । यो घटनाले क्यानडाको राजनीतिमा समेत हलचल ल्याएको छ । प्रधानमन्त्री जन्टिन टुरडेयले आफ्नो राजनीतिक लाभका लागि खालिस्तानीलाई उचालिरहेको आरोप छ । विपक्षी नेता पियर पोइलिभ्रेले पनि टुरडेयको आलोचना गर्दै आएका छन् ।

हिन्दू मन्दिरमाथि आक्रमणको विरोध क्यानडाका प्रधानमन्त्री र विपक्षी नेता दुवैले गरेका छन् । तर, यो घटनालाई भारतले गम्भीर रुपमा लिएको छ ।

प्रतिक्रिया