८ माघ २०८१, मंगलबार | January 21, 2025

साम्बाको शान


October 28, 2024
1.1k
Shares

काठमाडौं, १२ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीकी शान हुन् सावित्रा भण्डारी । २७ वर्षीया सावित्राले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सशक्त टोलीका रुपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेल्छिन् ।

साफ महिला फुटबलमा उनले भारतविरुद्ध बराबरी गोल मात्र गरिनन् । पेनाल्टी सुटआउटमा गोल गर्दै जीतमा योगदान गरिन् ।

सेमिफाइनलमा नेपाल १-० ले पछि परिरहँदा सावित्राले गोल गर्दै बराबरी गरिन् । उनले गोलको खुशी मनाउन जर्सी नै खोलेर जोस देखाइन् ।

२७ वर्षीया सावित्रा साम्बा नामले चिनिन्छिन् । उनी यूरोपेली ए डिभिजनको लिग खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन् । एशियाका उत्कृष्ट महिला स्ट्राइकरमध्ये मानिन्छिन् सावित्रा ।

देशका लागि ४९ गोल गर्दै नेपाल र दक्षिण एशियामा सर्वाधिक गोल गर्ने महिला फुटबलर बनेकी छिन् ।

साम्बा फ्रान्सको इन अभन्ट गुइनग्याम्पबाट खेल्छिन् । त्यहाँको उनको पारिश्रमिकबारे खुलाइएको छैन । तर, फ्रेन्च फुटबल लिगमा न्यूनतम पारिश्रमिक नेपाली रुपैयाँ मासिक २ लाखभन्दा बढी हुन्छ । त्यसमाथि पनि साम्बा ए डिभिजनमा खेल्ने भएकाले उनले ५ लाखभन्दा बढी आम्दानी गर्ने बुझ्न सकिन्छ ।

प्रतिक्रिया