१० कार्तिक २०८१, शनिबार | October 26, 2024

भारत कहिले बन्ला संयुक्त राष्ट्रसंघको स्थायी समिति सदस्य ?


October 25, 2024
581
Shares

संयुक्त राष्ट्रसंघको स्थायी समिति सदस्यमा भारतको बलियो दाबेदारी प्रस्तुत भइरहेको छ । भारतले विश्व मञ्चमा राष्ट्र संघको स्थायी समितिको पुनः गठनको आवाज बुलन्द बनाइरहेको छ । रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनमा भारतका विदेशमन्त्री एस. जयशंकरले विश्व व्यवस्थामा आएको बदलावसँगै राष्ट्रसंघको स्थायी समितिको पुनः गठनमा जोड दिए ।

राष्ट्र संघको स्थायी समिति सदस्यमा अमेरिका, बेलायत, रुस, चीन र फ्रान्स रहेका छन् । यी पाँचवटै देश आणविक शक्ति सम्पन्न हुन् । लामो समययता विश्व राजनीतिमा यी पाँच देशको वर्चश्व रहँदै आयो । तर, परिस्थितिमा केही बदलाव आएको छ ।

भारत, ब्राजिल, दक्षिण अफ्रिका जस्ता देशहरुको शक्ति वृद्धि हुँदै गएको छ । भारत त विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनिसक्यो । विश्वकै पाँचौ ठूलो आर्थिक शक्ति पनि बन्यो । भारत आणविक शक्ति सम्पन्न देश पनि हो । यतिमात्र नभई भारतको विश्व राजनीतिमा महत्व पनि बढेको छ ।

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारत झन् प्रभावशाली बनिरहेको छ । उसले नरम शक्ति पनि विश्वभर देखाइरहेको छ । अमेरिकासँग क्वाडमा र रुससँग ब्रिक्समा सँगै रहेन सन्तुलित सम्बन्ध पनि राखेको छ ।

रुस र युक्रेनबीचको युद्ध अन्त गर्न भारतले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । अर्कोतर्फ, अमेरिका र रुसबीचको टकरावमा भारतले लिने नीतिले उत्तिकै महत्व राख्दछ ।

विश्व शान्तिमा भारतले खेल्ने भूमिका प्रभावशाली देखिएको छ । यसकारण पनि उसले राष्ट्रसंघको स्थायी समिति सदस्यमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ । अफ्रिका र दक्षिण अमेरिकाको प्रतिनिधित्वको विषय पनि उठेको छ ।

यति हुँदाहुँदै भारतको राष्ट्रसंघको स्थायी समिति सदस्यमा दाबेदारीमा अवरोध केही देशहरुबाट हुनसक्छ । चीन भारतको परम्परागत प्रतिष्पर्धी हो । चीनसँग सीमालगायत समस्याहरु छन् । चीनले भारतको दाबेदारीमा साथ दिइरहेको छैन । अमेरिका पनि भारतलाई राष्ट्रसंघको स्थायी समिति सदस्यमा स्थान दिन तयार देखिदैन । रुस भने सकारात्मक छ । तर, भारतको चाहना यति सजिलै पूरा हुन कठिन छ ।

भारतले अझै आफ्नो दाबेदारी बलियो बनाउन आर्थिक र सैन्य क्षेत्रमा महत्वपूर्ण छलाङ मार्न सक्नुपर्छ । अर्कोतर्फ, दक्षिण एशिया बाहिर आफ्नो बलियो प्रभाव देखाउन सक्नुपर्छ । यो अवस्थामा उसले अर्को दशकसम्म राष्ट्रसंघको स्थायी समिति सदस्यको स्थान पक्का गर्न सक्छ ।

प्रतिक्रिया